काठमाडौं । टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन सम्पन्न भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो ।
सेप्टेम्बर ५ सम्म चल्ने पारा ओलम्पिकमा १६३ देश सहभागी छन् । अफगानिस्तान सहभागि नभएपनि अफगानिस्तानको राष्ट्रिय झण्डा मार्चपासमा समावेश गरिएको छ ।
विश्वभरबाट करिब साढे चार हजार खेलाडीले २२ खेलको ५३९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । उद्घाटनमा नेपालको झण्डा तेक्वान्दो खेलाडि पलेशा गोवर्धनले बोकेकी थिइन् । उनी यसपटक नेपालबाट भाग लिने एक्ली खेलाडी हुन ।