• बिहिबार, साउन १४ २०८३

गोरखामा १२ कक्षाका विद्यार्थीले भदौ १० देखी कोरोना खोप लगाउन पाउने


मंगलबार, भाद्र ८ २०७८
800
Shares


गोरखा । गोरखा नगरपालिकामा भदौ १० गतेदेखि कक्षा १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत ईश्वर रेग्मीले मंगलबार एक सूचना जारी गर्दै १८ वर्षमाथिका कक्षा १२ का विद्यार्थीलाई खोप दिइने बताए ।

नगपालिका भित्रका १३ वटा विद्यालयका विद्यार्थीलाई १० गते बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरेर भेरोसेल खोपको पहिलो मात्रा लगाइने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार