• बिहिबार, साउन १४ २०८३

गोरखामा आज थपिए ३३ कोरोना संक्रमित


मंगलबार, भाद्र ८ २०७८
680
Shares

गोरखा । गोरखामा आज (मंगलबार) थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार आज ७१ जनामा गरिएको एन्टिजेन परीक्षणमा थप ३३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित मध्ये सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिका ८१ जना, गोरखा नगरपालिकामा ७९, आरुघाटमा ५७, पालुङटारमा ४३, बारपाक सुलिकोटमा ३७ जना रहेका छन् ।

यस्तै अजिरकोटमा २१ जना, सिरानचोकमा १६, धार्चेमा ५ जना र शहिदलखनमा १ जना गरी तीनसय ४० जना संक्रमित छन् ।

चुमनुब्री र गण्डकी गाउँपालिकामा भने हाल संक्रमितको संख्या शून्य रहेको छ । अन्य ५ जना भने जिल्ला बाहिर रहेका संक्रमित हुन् ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ४५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार