• बिहिबार, साउन १४ २०८३

मंगलबार थप २ हजार ५ सय २५ मा कोरोना संक्रमण, ३५ जनाको मृत्यु


मंगलबार, भाद्र ८ २०७८
595
Shares


पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८ सय १० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ।

हाल सक्रिय संक्रमित ३८ हजार २ सय ५० सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ५ प्रतिशत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार