भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ ।
पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएको छन भने पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको संचारमाध्यमले जनाएका छन ।
पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको जनाएको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाख भन्दा बढी डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ ।