• शुक्रबार, असोज ९ २०८३

काठमाडौं उपत्यकामा राति ८ बजेपछि पनि गाडी चलाउन पाइने


मंगलबार, भाद्र ८ २०७८
610
Shares


काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।

आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेका हुन्। यस्तै उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ ।

साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।

भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार