• शुक्रबार, असोज ९ २०८३

सिप्रद्धि ट्रेडिङले प्रिमियम सफारी’ नेपाली बजारमा सार्वजनिक गर्ने


मंगलबार, भाद्र ८ २०७८
690
Shares

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रद्धि ट्रेडिङले ‘प्रिमियम सफारी’ यही हप्ता सार्वजनिक सार्वजनिक गर्न लागेको छ ।

ओमेगा आर्किटेक्चरमा निर्मित सुविख्यात ज्यागुअर ल्यान्डरोभरको प्लाटफर्ममा निर्मित सफारीको छिट्टै सफ्ट लञ्च गर्ने कम्पनीले जनाएको छ।

सफारीको अधिकतम पावर ३७ सय ५० आरपीएममा १७० पीएस र ३५० एनएफ टर्क जेनेरेट गर्छ। सफारीमा २ लिटरको क्रायोटेक टर्वोचार्ज्ड इन्जिन रहेको छ।

बीएस ६ इन्जिन रहेको गाडीको क्षमता १९ सय ५६ सीसी रहेको छ। ४ सिलिन्डर रहेको गाडीमा ६ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिसन रहेको छ। २ वटा एडिसनमा ७ वटा भेरियन्ट नेपालमा उपलब्ध हुने सिप्रदी टे«डिङले बताएको छ ।

गाडीमा बुट स्पेस ४४७ लिटर रहेको छ। गाडीमा फ्युल ट्यांक ५० लिटरको रहेको छ। सफारीको एक्स जेट र एक्जेटए प्लस भेरियन्टमा ६ सिटर रहेका अरु सबै भेरियन्टमा ७ सिटर हुने जनाएको छ।

इको, सिटी, स्पोर्ट गरी ३ मल्टी ड्राइभ इन्जिन रहेको छ। गाडीमा सिटलाई आफु अनुकुल बनाउन सकिन्छ। एसी सहितको लक्जरियर्स थर्ड रो सिट, एमबीएन्ट मुड लाईटिङ, फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, पुस बटम स्ट्रट, अटो फोल्ड मिरर, कोल्ड स्टोरेज बक्स, रिजर्भ पार्किङ क्यामेरा फिचर्स रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार