• शुक्रबार, असोज ९ २०८३

मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपमा एक महिला पक्राउ


मंगलबार, भाद्र ८ २०७८
895
Shares

Modern metal handcuffs. Vector illustration in flat style


शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका— ७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् ।

घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

शिशु जन्माएपछि केराको सापडाले घाँटी थिचेर हत्या गरेको भन्दै उनका ससुराले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए । उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

गाउँकै एक युुवकसँगको अनैतिक सम्बन्धबाट उनी गर्भवती भएको यसअघि नै सार्वजनिक भएको थियो । शिशु जन्मिएपछि युवकले बुझेर पालनपोषण गर्ने सहमति समेत गाउँलेहरुले गराएका थिए ।

ती महिलाका श्रीमान् रोजगारीका लागि भारतमा गएको र १० वर्षदेखि सम्पर्कमा नरहेको स्थानीय बताउँछन् । उनका दुई सन्तानसमेत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार