काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई पूर्ण अनुमति दिएको छ ।
यसअघि आपतकालीन प्रयोगको अनुमति पाएको यो खोपले पहिलोपटक पूर्ण अनुमति पाएको हो ।
तीन साताको अन्तरमा दुई डोज लगाउनुपर्ने यो खोप १६ वर्षभन्दा माथिका सबै मानिसलाई लगाउन अनुमति दिइएको छ ।
अध्ययनको क्रममा यो खोप कोरोना संक्रमण नियन्त्रणको लागि ९१ प्रतिशत प्रभावकारी पाइएको थियो ।