http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृृद्धि भएको छ ।
सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो ।
यस्तै, चाँदीको मूल्य समेत सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।