गोरखा । गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ९ जनामा झरेको छ ।
आज थप ५३ जना निको भए सँगै सक्रिय संक्रमित संख्या ४ सय ९ मा झरेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यस्तै आज जिल्लामा २२ जना संक्रमित थपिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार ४२ जनामा गरिएको पिसिआर परिक्षणमा ११ जना तथा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ११ जना गरी थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज गोरखा नगरपालिकामा ११, बारपाक सुलिकोटमा ७ र आरुघाटमा ४ जना संक्रमित थपिएका हुन् ।
संक्रमित मध्ये सबैभन्दा धेरै गोरखा नगरपालिकामा एक सय २ जना, पालुङटारमा ३८, भिमसेन थापा गाउँपालिकामा ७६, आरुघाटमा ७८, सिरानचोकमा ४५, बारपाक सुलिकोटमा ३७ जना रहेका छन् ।
यस्तै अजिरकोटमा २१ जना, शहीदलखनमा १ जना र धार्चेमा ६ जना संक्रमित रहेका छन् । गण्डकी र चुमनुब्री गाउँपालिकामा भने हाल संक्रमित छैनन् ।
१३ जनाको कोभिड अस्पतालमा उपचार भइरहेको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।