• बिहिबार, साउन १४ २०८३

लगातार तीन दिन कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी


सोमबार, भाद्र ७ २०७८
580
Shares


काठमाडौं । नेपालमा तीन दिनयता लगातार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार, आइतबार र सोमबार संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । यसले नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या घटाएको छ । सोमबार सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५१ रहेको छ । जसमध्ये ३५ हजार १ सय ३२ जना होम आइसोलेसनमा र ३ हजार २ सय १९ जना संस्थागत आइसोलेसनमा छन् ।

शनिबार २ हजार ७५ संक्रमित थपिँदा २ हजार ३ सय ८२ जना संक्रमण मुक्त भएका थिए । यस्तै आइतबार १ हजार ९ सय २० संक्रमित थपिँदा २ हजार २ सय ४८ जना संक्रमण मुक्त भएका थिए भने सोमबार १ हजार ८ सय १ संक्रमित थपिँदा १ हजार ९ सय २४ जना संक्रमण मुक्त भएका छन् ।

शनिबार संक्रमण हुनेभन्दा निको हुने संक्रमितको संख्या ३०७, आइतबार ३ सय २८ र सोमबार १ सय २३ जना बढी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार