तालिबानले कब्जा गरेपछि अफगानिस्तानबारे छलफल गर्न जी–सेभेनेको आपतकालीन बैठक बस्ने भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच संवादपछि अफगानिस्तानको परिवर्तित अवस्थाबारे छलफल गर्न संसारका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात राष्ट्रको समूह जी–सेभेन को आपतकालीन मंगलबारका लागि बैठक बोलाइएको हो ।
यस वर्ष जी–सेभेनको नेतृत्व बेलायतले गरेको छ। जी–सेभेनमा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान छन्।