• बिहिबार, साउन १४ २०८३

अफगानिस्तानबाट उद्दार गरिएका नेपालीलाई पोलियो खोप दिइने


सोमबार, भाद्र ७ २०७८
915
Shares

sf7df8f}F, ! ebf} . hlh/f Po/nfOG; ljdfgdfkm{t g]kfn cfOk'u]sf g]kfnL gful/sx?nfO{ g]kfnL ;]gfn] ;xof]u ub}{ . t:jL/ M gf/fo0f Gof}kfg], /f;;


काठमाडौं । नेपाल सरकारले अफगानिस्तानबाट उद्दार गरेर ल्याइएका सबै नागरिकलाई पोलियो खोप लगाइने भएको छ ।

अफगानिस्तानबाट उद्दार गरिएका नागरिकलाई सोमबारदेखि त्रिभुवन विमानस्थलमा नै पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो । त्यो संक्रमणबाट बचाउन पोलियो खोप लगाउने व्यवस्था सरकारले मिलाएको गौतमले बताए।

विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन् ।गृहमन्त्रालयका अनुसार गत भदौ १ गतेयता ५ सयभन्दा बढी नेपाली अफगानिस्तानबाट नेपाल फर्किएका छन् ।

उनका अनुसार यसअघि अफगानिस्तानबाट फर्किएकाहरुलाई भने पायक पर्ने स्वास्थ्य संस्थामा पोलियो खोप लगाउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिइसकेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार