• शुक्रबार, असोज ९ २०८३

मानुषी लघुवित्तको आईपिओ बाँडफाँट


सोमबार, भाद्र ७ २०७८
505
Shares


काठमाडौँ । मानुषी लघुवित्तको आईपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले सोमबार बिहान सेयर बाँडफाँट गरेको हो ।

गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् भने २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ । ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन् ।

२३ लाख ६१ हजार ८ सय २७ जनाले आवेदन दिएका थिए । त्यसमध्य ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

सो लघुवित्तको साउन २७ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । आइपिओ जारी भएपछि कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

आइपिओको नतिजा मेरा सेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार