• शुक्रबार, असोज ९ २०८३

तनहुँकाे भानुमा युवा जागरण समुह गठन, संयाेजकमा विष्ट


सोमबार, भाद्र ७ २०७८
610
Shares

डुम्रे । तनहुको भानु -३, तुरतुरेमा भानु युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। भानु युवा जागरण समुहको आयोजनामा “भानुको बिकासको लागि युवा, आजको आवश्यकता” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा भानु युवा जागरण समुहको तदर्थ समिति, बिधान मस्यौदा समिति, सल्लाहकार समिती र लेखा समिती चयन गरिएको छ। तदर्थ समितिको संयोजकत्वमा दिनेश विष्ट सर्वसम्मतले चयन भएका छन्।

जसकाे सदस्यहरु सिंह बहादुर थापा, बिनोद प्रसाद ओझा, नवराज जोशी, प्रकृति ढकाल, दिवस गोदार क्षेत्री, सन्जिब शिलवाल, कृष्ण परियार, प्रबिन बराल, ओम गुरुङ, हजरत अलि मियाँ, अमृत कुमार श्रेष्ठ र आसोला मास्की गरि जम्मा १३ जनाको समिती चयन गरिएको छ।

त्यसैगरी बिधान मसौदा समितीको संयोजकमा बिपिन खतिगडा चयन हुनुभएको छ। सदस्यहरु बिनोद अर्याल, सुजन थपलिया, प्रकृति ढकाल र बिनोद प्रसाद ओझा गरि जम्मा ५ जनाको समिती चयन गरिएको छ। त्यसैगरी, सल्लाहकार समितीमा उत्तम नौपाने,कृष्ण बिलास पौडेल,दिवाकर पौडेल, शंकर अधिकारी र भोला थापा क्षेत्री गरि ५ सदस्यहरु चयन गरिएको छ । लेखा समितीको संयोजकमा बिपिन खतिवडा चयन भएका छन्।

सदस्यहरु सुक बहादुर सुर्खेली, नवराज जोशी, दिवाकर पौडेल र सिंह बहादुर तामाङ्ग गरि ५ सदस्यिय समिती चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी भानु नगर उध्योग अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, विशिस्ट अतिथि भानु नगर उध्योग प्रथम उपाध्यक्ष राजन श्रेष्ठ, अतिथिहरु भानु नगर उध्योग महासचिव कृष्ण चन्द्र कोइराला, भानु नगर उध्योग सदस्य मिनराज न्याैपाने, तनहुँ उध्योग वाणिज्य संघ तुरतुरे इकाई पुर्व काेषाध्यक्ष तिर्थ नारायण श्रेष्ठ, प्रहरी चौकि प्रमुख पन्चराम राना, सामना युवा क्लब प्रतिनिधि सचिन शाही, तुरतुरे प्रगति टाेल अध्यक्ष शिवराम दवाडी तथा भानु १३ का प्रतिनिधिको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार