• शुक्रबार, असोज ९ २०८३

‘केजीएफ–२’ को रिलिज मिति तोकियो


सोमबार, भाद्र ७ २०७८
620
Shares


बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो ।

फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका फ्यान पनि बढेका छन् ।

सन् २०१८ मा ‘केजीएफ च्याप्टर १’ रिलिज भएको थियो । यसको दोस्रो भागको कौतुहलतापूर्वक प्रतीक्षा गरिएको छ । फिल्मका निर्माता तथा कास्टले रक्षाबन्धनको अवसर पारेर यसको रिलिज मिति २०२२ को अप्रिल १४ तोकेका छन् ।

होम्बले फिल्मस्ले ‘केजीएफ–२’ को नयाँ पोस्टरसँगै लेखेको छ, ‘पछिल्लो समयको अनिश्चितताका बाबजुत हामीले १४ अप्रिल २०२२ मा सिनेमाघरमा आउनेछौँ ।’

साथै, फिल्मका अभिनेता सञ्जय दत्ताले पनि फिल्मको पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति तोकिदिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार