http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा उक्त दरले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको हो ।
गत आइतबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २०० रुपैयाँले नै बढेर ९० हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य समेत सोमबार प्रतितोला १० रुपैयाँले बढेर एक हजार १ सय ९० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।