• शुक्रबार, असोज ९ २०८३

अमेरिकाले उद्धार गरेको अफगानी महिलाले विमानमै जन्माइन् शिशु


सोमबार, भाद्र ७ २०७८
675
Shares

अमेरिकाले उद्धार गरेकी एक अफगान महिलाले विमानमै शिशुलाई जन्म दिएकी छन्। उद्धार उडानका क्रममा अफगान महिलाले उडिरहेको विमानमै शिशुलाई जन्म दिएकी बीबीसीले जनाएको छ।

सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको जनाएको छ।

उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरेका थिए ।

जसले ती सुत्केरी र उनको शिशुको ज्यान बचाउन मद्दत गरेको थियो। जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकको टोलीले आमा र बच्चालाई सहयोग गरेका थिए।

बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार