• शुक्रबार, असोज ९ २०८३

एकै परिवारका ३ जनाको शव फेला


सोमबार, भाद्र ७ २०७८
1.1K
Shares


झापामा एकै परिवारका तीन जनाको शव फेला परेको छ।

कनकाई नगरपालिका वडा नम्बर १ सिर्जना टोलमा सोमबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना र आठ महिनाकी छोरी रूविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए।

उनीहरूले आत्महत्या गरेको आशंका छ। यसबारे प्रहरीले विस्तृत अनुसन्धान सुरू गरिसकेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार