काठमाडौं । जर्मन बुण्डेसलिगामा साविक विजेता बार्यन म्युनिखले पहिलो जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा सर्जी जीनाब्रीले दुई गोल गरेपछि बार्यनले एफसी कोल्नलाई ३-२ ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
बार्यनका लागि जीनाब्रीले ५९औं र ७१औं मिनेटमा गोल गरे । यस्तै रोवर्ट लेवान्डोस्कीले ५०औं मिनेटमा गोल गरे । कोल्नका लागि एन्टोनी मोडेस्टेले ६०औं र मार्क थले ६२औं मिनेटमा गोल गरे ।
जितपछि दुई खेलबाट ४ अंक जोडेको बार्यन चौथो स्थानमा छ ।