• शुक्रबार, असोज ९ २०८३

अफगानिस्तानबाट ५०४ नेपालीको उद्धार


आइतबार, भाद्र ६ २०७८
755
Shares

sf7df8f}F, ! ebf} . hlh/f Po/nfOG; ljdfgdfkm{t g]kfn cfOk'u]sf g]kfnL gful/sx?nfO{ g]kfnL ;]gfn] ;xof]u ub}{ . t:jL/ M gf/fo0f Gof}kfg], /f;;


अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुग्ने नेपालीको संख्या ५०४ पुगेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी कन्सुलर सेवा विभागको वेभ पोर्टलमा साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । मन्त्रालयले हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग उद्धारका लागि सहकार्य र समन्वय भैरहेको समेत जनाएको छ।

त्यस्तै अफगानिस्तानमा रहेका नेपालीहरुको संख्या एकिन गरी उद्धार गर्न आइतबार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखहरुको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको बैठकले समेत सम्पन्न भएको छ ।

बैठकमा अफगानिस्तानमा बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार