• शुक्रबार, असोज ९ २०८३

गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु


आइतबार, भाद्र ६ २०७८
985
Shares


पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० देखि ८० वर्ष उमेर समूहका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा कास्कीका ३, स्याङ्जाका २, म्याग्दी र तनहुँका १/१ जना संक्रमित छन् । त्यसमध्ये म्याग्दीका ७८ वर्षीय संक्रमितको बेनी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो भने बाँकीको पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ३९ पुगेको छ । पछिल्लो एक महिनायता गण्डकीमा संक्रमितको संख्यासँगै मृत्युदर पनि बढेपछि निषेधाज्ञामा कडाइ गरिएको छ भने विभिन्न जिल्लामा आंशिक लकडाउन शुरु भएको छ ।

वैशाखयता गण्डकी प्रदेशमा मात्रै १ हजार बढी संक्रमितको मृत्यु भएको छ । यो कोरोना महामारीको पहिलो लहरभन्दा झन्डै ६ गुणाले बढी हो ।

प्रदेशमा पछिल्लो २४ घन्टामा २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ सय ५३ जनाले कोरोना जितेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार