गोरखा । गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ३७ जनामा झरेको छ ।
आज एकैदिन एक सय ४० संक्रमित निको भए सँगै सक्रिय संक्रमित संख्या ४ सय ३७ जनामा झरेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आज गरिएको एन्टिजेन परिक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै गोरखा नगरपालिकामा एक सय २ जना, भिमसेन थापा गाउँपालिकामा ८६, आरुघाटमा ७५, पालुङटारमा ५१ , सिरानचोकमा ४५, बारपाक सुलिकोटमा ३० जना रहेका छन् ।
यस्तै अजिरकोटमा २६ जना, शहीदलखनमा १० जना, धार्चेमा छ जना र गण्डकीमा एक जना संक्रमित रहेका छन् । चुमनुब्री गाउँपालिकामा भने हाल संक्रमित छैनन् ।
स्वास्थ्य कार्यालयका अनुसार ९० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । संक्रमित मध्ये कोभिड अस्पतालमा १४ र आइशोलेसनमा पाँच जना उपचाररत छन् ।