• बिहिबार, साउन १४ २०८३

आइतबार थपिए १ हजार ९ सय २० कोरोना संक्रमित, २४ जनाको मृत्यु


आइतबार, भाद्र ६ २०७८
775
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ७०२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७३ परीक्षणबाट २१८ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५१६ परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ५०९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार