• बिहिबार, साउन १४ २०८३

मूल्य नतोकिएका औषधि छ्यापछ्याप्ति, ११७ को मात्रै मूल्य निर्धारण


आइतबार, भाद्र ६ २०७८
1.8K
Shares

काठमाडौं । औषधि व्यवस्था विभागले दर्ता भएका ११ हजार आठ सय १२ प्रकृतिका औषधिमध्ये जम्मा १ सय १७ प्रकृतिका औषधिको मात्रै मुल्य निर्धारण गरेको छ ।

विभाग संवेदनशिल नबन्दा सर्वसाधारणहरु चर्को मूल्यमा औषधि खरिद गर्न बाध्य छन् । देशभर २९ हजार ५८ औषधी पसल रहेका छन् । विभागले न मूल्य निर्धारण गर्छ न बजार नै अनुगमन गर्छ । विभागको तथ्यांक अनुसार यो वर्ष देशभर ८७ वटा औषधि पसललाई मात्र कारबाही गरीएको छ ।

विभागले १ सय ४४ प्रकारका औषधिको मूल्य निर्धारण गरेकोमा एक सय १७ किसीमका औषधिको मुल्य मात्र राजपत्रमा प्रकाशित गरेको छ । मूल्य निर्धारण भएका सबै औषधिको मूल्य सार्वजनिक गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले औंल्याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार