• शुक्रबार, असोज ९ २०८३

मोटरसाइकलमा आगो लाग्दा ३ जनाको घटनास्थलमै मृत्यु


आइतबार, भाद्र ६ २०७८
1K
Shares

बारामा मोटरसाइकलमा आगो लाग्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बाराको जितपुरसीमारा उमहानगरपालिका १६ टाँगीयावस्तिस्थित पूर्वपश्चिम लोकमार्गको सडकमा शनिबार राति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किर आगो लाग्दा दुवै मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र बिपरित दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालक र सवार १ महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटसाइकलका चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र उनकी फूपू ३५ वर्षीय सुनैना देवी साह रहेकी छन् यस्तै नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङको पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार