• बिहिबार, साउन १४ २०८३

गोरखामा निषेधाज्ञा उल्लंघन गर्ने १ सय १२ सवारीलाई कारबाही, मास्क नलगाउनेलाई जरिवाना


आइतबार, भाद्र ६ २०७८
750
Shares

गोरखा । गोरखामा निषेधाज्ञा उल्लंघन गर्ने १ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरिएकाे छ । जेठ २ गतेदेखि जारी निषेधाज्ञा उल्ल‌ंघन गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएकाे टाेलीबाट हिजाे शनिबारसम्म १ सय १२ वटा सवारी साधनलाई कारबाही गरिएकाे बताइएकाे छ ।

निषेधाज्ञाकाे उल्लंघन गर्नेमा सबैभन्दा बढी दुई पांग्रे सवारी अर्थात माेटरसाइकल रहेकाे डिएसपी प्रकाश दाहालले बताए । जसमा ८२ वटा माेटरसाइकल यस अवधीमा कारबाहीमा परेका छन् । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने चार पांग्रे सवारीकाे संख्या २६ वटा छन् । जसमा बाेलेराे, ट्याक्सी, नीजि कार लगायतका सवारी छन् ।

यसैगरी चारपांग्रे भन्दा माथीका सवारी ४ वटालाई कारबाही गरिएकाे डिएसपी दाहालले बताए । जसमा कन्टेनर, ट्रक, ट्रिपर लगायतका सवारी परेकाे उनले बताए ।

निषेधाज्ञाका बेला सवारी चलाएकाे भन्दै जिल्ला सदरमुकाम, १२ किलाे, मझुवा देउराली, ठाँटीपाेखरी, आरुघाट लगायतका क्षेत्रमा गरिएकाे चेकजाँचका क्रममा ति सवारी कारबाहीमा परेका हुन । ति सवारीबाट १ लाख ३६ हजार रुपैया राजश्व समेत संकलन भएकाे डिएसपी दाहालले सिभिलखबरलाई जानकारी दिए ।

यसैगरी मास्क नलगाई हिड्ने ६२ जना समेत कारबाहीमा परेका छन् । उनिहरुलाई प्रति ब्यक्ती एक सय रुपैयाका दरले जरिवाना गरि सम्झाई बुझाई छाडिएकाे प्रहरीले जनाएकाे छ ।

गोरखामा काेराेना भाइरसकाे जाेखिम बढेकाे भन्दै जिल्ला काेभिड ब्यवस्थापन समितीले गत भदाै १ गते राती १२ बजेदेखि आगामी ११ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेकाे छ । यस अवधीमा अत्यावस्यकका सेवा बाहेक सम्पूर्ण सेवा सञ्चालनमा बन्देज लगाइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार