काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा खेलकुद सामग्री खरिद र वितरणमा व्यापक अनियमितता महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
महालेखा परीक्षकको शनिवार सार्वजनिक भएको ५८औं वार्षिक प्रतिवेदनमा १३औं सागमा खेल सामान खरिददेखि खेल सामग्री वितरणसम्म अनियमितता भएको उल्लेख छ ।
१३औं सागको तयारीदेखि व्यवस्थापनसम्म गरेर सरकारले १ अर्ब ९५ करोड उपलब्ध गराएको थिायो ।
प्रतियोगिताको कार्यविधिमा खेलकुदमा सहभागी खेलाडी, अफिसियल, प्रशिक्षक तथा व्यवस्थापकलाई मात्र पोशाक उपलब्ध गराउने व्यवस्था रहेको छ । त्यस अनसार ७१५ जना मात्र थिए । तर सदस्यसचिव स्तरीय निर्णयबाट ३ सय ९३ पदाधिकारी, कर्मचारी र विशिष्ट व्यक्तिलाई समेत पोशाक उपलब्ध गराउने निर्णय गर्दा राज्यलाई ३३ लाख ६८ हजार थप व्ययभार पर्न गएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाका अनुसार खरीद गरेको खेल सामग्रीको ब्राण्ड कम्पनी उत्पादन भएको देश आयात भएको देश लगायतको स्पेसिफिकेसन नखुलाई आपूर्तिकर्ताले बिल पेस गरेको र सोही आधारमा परिषदले जिन्सी दाखिला गरेको हँदा निर्धारित गुणुस्तरको सामान प्राप्त भएको सुनिश्चित नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।