• शुक्रबार, असोज ९ २०८३

घट्यो सुनचाँदीको मूल्य


आइतबार, भाद्र ६ २०७८
605
Shares

काठमाडौं । नेपाली बजारमा कारोबारको साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा झरेको छ ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र चाँदी एक हजार १९५ रुपैयाँ कारोबार भएको थियो ।

यस्तै आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार