काठमाडौं । इटालियन सिरी ए को साविक विजेता इन्टर मिलानले नयाँ सिजनमा शानदार विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको पहिलो खेलमा मिलानले इन्टलर जेनोअलाई ४-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेलको छेटौं मिनेटमै मिलान स्क्रिनिएरले हाकन चाल्हनोग्लुको पासमा गोल गर्दै अग्रता दिलाएका थिए भने १४औं मिनेटमा हाकनले एडेन जेकोको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यस्तै खेलको दोस्रो हाफको ७४औं मिनेटमा अर्टुरो भिदालले, ८७औं मिनेटमा जेकोले गोल गरेपछि इन्टरले ४-० को सहज जित हात पारेको हो ।