• शुक्रबार, असोज ९ २०८३

हाँस्य कलाकार शम्भुराज थापाको निधन


शनिबार, भाद्र ५ २०७८
630
Shares


वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी दिए।

अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए।

थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार