• शुक्रबार, असोज ९ २०८३

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु


शुक्रबार, भाद्र ४ २०७८
795
Shares


पौडी खेल्ने क्रममा डुबेर रुकुम पश्चिममा दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर रहेका छन् ।

साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए े ।

नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा शुक्रबार बेलुका मात्रै उनीहरुको शव निकालिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार