• शुक्रबार, असोज ९ २०८३

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन जिल्ला प्रशासन गोरखाको आग्रह


शुक्रबार, भाद्र ४ २०७८
875
Shares


गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखालेले जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

शुक्रबार गोरखाका प्रमुख जिल्ला अधिकारी हर्क बहादुर रोकाले एक सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मनाउन आग्रह गरेका हुन्।

जिल्लामा कोरोना संक्रमण बढेपछि अहिले भदौ ११ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी छ। नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि प्रशासनले सबैलाई अनुरोध गरेको छ।

भदौ ६ गते जनैपूर्णिमा छ भने ७ गते गाईजात्रा परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार