• शुक्रबार, असोज ९ २०८३

गोरखामा चितुवाको आक्रमणबाट एक बालक घाइते


शुक्रबार, भाद्र ४ २०७८
1.9K
Shares

गोरखा । चितुवाको आक्रमणबाट घाइते जिल्लाको पालुङ्टार नगरपालिका ९ सेराका एक बालक गोरखा अस्पतालमा उपचारत छन् ।

बिहीबार साँझ नगरपालिका—१० रुम्टी चौतारा नजिक चितुवाको आक्रमण पछि १३ वर्षीय बिक्रम बिक घाइते भएका थिए ।

उनको टाउको, ढाड र देब्रे हातमा चोट लागेको छ । घटना लगत्तै स्थानीयहरुले केही आर्थिक संकलन गरी एम्बुलेन्स खोजेर उपचारका लागि गोरखा अस्पताल पठाएको थियो ।

आज नगपालिकाका मेयर दिपक बाबु कँडेलले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । उनले बालकको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार