• शुक्रबार, असोज ९ २०८३

मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्मेल साब्री याकोब


शुक्रबार, भाद्र ४ २०७८
910
Shares

एजेन्सी । मलेसियाका राजाले इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।

शुक्रबार राजा सुल्तान अब्दुल्लाह सुल्तान अह्मद शाहले ६१ वर्षीय याकोबलाई प्रधानमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ।

संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएका थिए। उनी प्रधानमन्त्री हुँदा याकोब उपप्रधानमन्त्री थिए।

मलेसियाको राजदरबारले जारी गरेको विज्ञप्तिअनुसार २२२ मध्ये ११४ जना सासंदले याकोबलाई समर्थन गरेका छन्।

युनाइटेड मलेज नेशनल अर्गनाइजेसन पार्टीका वरिष्ठ नेता याकोबले यासिनको क्याबिनेटमा रक्षा मन्त्रीसमेत भइसकेका छन्।

याकोबले बहुमत भएको पुष्टि गर्न सदनमा विश्वासको मत लिनुपर्ने राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार