• बिहिबार, साउन १४ २०८३

शुक्रबार थप ३ हजार ४२ मा कोरोना संक्रमण, २६ जनाको मृत्यु


शुक्रबार, भाद्र ४ २०७८
655
Shares


पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २६ जनाको मृत्यु र २ हजार २ सय ४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३ सय ४० जना पुगेको छ।

हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४ सय ५५ पुगेको छ ।

हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार