गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका —४ को सर्दिभिर पहरा खोपेर बनाएको क्यान्टिलिभर पुलमा पहिरोले क्षती पुर्याएको छ ।

बिहिवार दिउँसो खसेको पहिरोले क्यान्टिलिभर पुलमा क्षती पुर्याएकोे हो । पहिरोसँगै खसेका ठुला ठुला ढुङगाले पुलको रेलिङ भाँचिएको स्थानीय सरोज लामाले जानकारी दिए ।
पुलमा क्षती भएपछि चुम्चेत र छेकेम्पारका बासिन्दालाई आऊजाउमा समस्या भएको छ । साथै चुमनुब्री ६ र ७ सम्म पुग्ने बाटो पूर्ण रुपमा अवरुद्ध बनेको उनले बताए ।
यसैगरी पुल भत्किएपछि पैदल हिड्न जोखिम भएसँगै खच्चड हिडाउने बाटो पनि नरहेको स्थानीयले जनाएको छ ।
