• सोमबार, भाद्र २२ २०८३

नर्भिकमा मधुमेहपीडित ८१ वर्षीया महिलाको दूरबिन प्रबिधिबाट सफल शल्यक्रिया


शुक्रबार, भाद्र ४ २०७८
740
Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ।

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा। नुतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो।

यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा। शर्मा नेतृत्वको टिमले दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो।

डाक्टरका अनुसार पेट चिरेर गरिनेभन्दा दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार