• शुक्रबार, असोज ९ २०८३

नयाँ सिजनका लागि निराजन महर्जन थ्री स्टारमै रहने


शुक्रबार, भाद्र ४ २०७८
1.2K
Shares

काठमाडौं । डिफेन्डर निराजन महर्जन नयाँ सिजनका लागि ए डिभिजन क्लब थ्री स्टारमै रहने भएका छन् ।

उनले शुक्रबार थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका हुन । आगामी कात्तिक २९ गतदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि थ्री स्टारले निराजनसँगको सम्झौता नवीकरण गरेको हो ।

यसअघि निराजनले नेपालको यू १२, यू १४,यू १८ र यू १९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन ।

थ्री स्टारले यसअघि नै कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ र निशान खड्का, मिडफिल्डर सन्जोग राई, मनाग्य नकर्मीसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार