• शुक्रबार, असोज ९ २०८३

चन्दा उठाएको आरोपमा महिलासहित तीन जना पक्राउ


शुक्रबार, भाद्र ४ २०७८
570
Shares

Modern metal handcuffs. Vector illustration in flat style

चन्दा उठाएको आरोपमा पोखराबाट एक महिलासहित तीन जना पक्राउ परेको छ ।

पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाइवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेतसहित ३ जना छन् ।

उनीहरुको साथबाट चन्दा उठाएको ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट उनीहरुले अवैध रुपमा चन्दा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार