• शुक्रबार, असोज ९ २०८३

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा डा. उप्रेती नियुक्त


शुक्रबार, भाद्र ४ २०७८
760
Shares

अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने उनलाई राज्यमन्त्री सरहको नियुक्ति दिएको हो।

यसअघि उनी कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञ रुपमा काम गरेका थिए।​ उनले क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरेका थिए ।

उनले जनार्दन शर्मा उर्जा मन्त्री रहँदा बुढीगण्डकी जलविद्युत आयोजनाको अर्थविद्का रुपमा समेत काम गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार