• शुक्रबार, असोज ९ २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


शुक्रबार, भाद्र ४ २०७८
910
Shares


नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बिहीबारको तुलनामा ४०० रुपैयाँको दरले बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ८० रुपैयाँ कायम थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार