• शुक्रबार, असोज ९ २०८३

गोरखामा आज २६ वटा सवारी कारवाहीमा, मास्क नलगाउनेलाई जरिवाना


बिहिबार, भाद्र ३ २०७८
580
Shares


गोरखा । गोरखामा आज पनि निषेधाज्ञा उल्लंघन गर्ने २६ वटा सवारी साधन कारवाही परेको छ । बुधबार ३६ र बिहबिार २६ गरी ६२ वटा सवारी कारवाहीमा परेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन गरेर चलेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

यस्तै मास्क नलगाई हिड्डुल गर्नेलाई पनि कारवाही गरिएको छ । बुधवार १६ जना र बिहीवार १४ जनालाई कारवाही गरिएको हो । उनीहरुलाई जनही एक सय रुपैयाँ जरिवाना गरिएको डिएसपी दाहालले बताए ।

बुधवार कारवाहीमा परेका सवारी साधनबाट ३५ हजार पाँच सय जरिवाना असुल गरिएको र बिहीवार ३२ हजार पाँच सय गरी ६८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए ।

कोरोना संक्रमण तिव्र गतिमा बढ्न थाले पछि भदौ १ गते राती १२ बजेदेखी लागु हुने गरी ११ गते राती १२ बजे सम्म थप कडाईका साथ निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा अवधीभर जिल्लाको सिमा क्षेत्र तथा नाकामा सुरक्षा चेक जाँच कडाई गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार