गोरखा । जिउ मास्ने बेच्ने मुद्धामा जिल्ला अदालतबाट सजाय तोकिएका गोरखाका एक फरार अभियुक्त पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका —५ का ५३ वर्षिय शिबचन्द्र पोखरेल रहेका छन् । उनलाईआज घरैबाट पक्राउ गरिएको डिएसपी प्रकाश दहालले जानकारी दिए ।
जिल्ला अदालतले २०५८ साल जेठ ८ गते युवतीलाई ललाई फकाई जिउ बेच्ने मास्ने कार्य गरेको भन्दै पोखरेल बिरुद्ध एक वर्ष कैद सजाय तोकेको थियो ।
तर पोखरेलले ६ महिना २३ दिन कैद सजाय भुक्तान गरेर फरार भएका थिए ।
बाँकी रहेको पाँच महिना सात दिन कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा बुझाइएको डिएसपी दाहालले बताए ।
