• शुक्रबार, असोज ९ २०८३

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन जिल्ला प्रशासनको आग्रह


बिहिबार, भाद्र ३ २०७८
880
Shares


काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै पर्व मनाउन आग्रह गरेका हुन्।

अहिले काठमाडौं उपत्यकामा भदौ ८ गते सम्मको लागि निषेधाज्ञा जारी छ। नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई प्रशासनले अनुरोध गरेको छ।

भदौ ६ गते जनैपूर्णिमा छ भने ७ गते गाईजात्रा परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार