• बिहिबार, साउन १४ २०८३

बिहीबार थपिए ३ हजार ७५ संक्रमित, ३३ जनाको मृत्यु


बिहिबार, भाद्र ३ २०७८
515
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ४ सय ३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ४६ जनाको पिसिआर र ४ हजार ४ सय २ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार १ सय २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ। हाल सक्रिय संक्रमित ४० हजार ५ सय छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार