• शुक्रबार, असोज ९ २०८३

चीनसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप आइपुग्यो


बिहिबार, भाद्र ३ २०७८
650
Shares

काठमाडौं । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।

गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

उनका अनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार