Modern metal handcuffs. Vector illustration in flat style
महानगरीय प्रहरी परिसर ललितपुरले अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका—३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका— २८ ढल्कु बस्ने झापा दमक नगरपालिका— ७ का ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका— ६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका—८ की २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट छन्।
त्यसैगरी ललितपुर महानगरपालिका— ८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका—३ सानो पोखराकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका— ३ बाह्रबिसेकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य पक्राउ परेका छन्।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।