• शुक्रबार, असोज ९ २०८३

गोरखामा निषेधाज्ञा कार्यान्वयनमा प्रहरीले बढायो सक्रियता, एकैदिन ३६ सवारी साधनलाई कारवाही


बिहिबार, भाद्र ३ २०७८
1.3K
Shares


गोरखा । गोरखामा जारी निषेधाज्ञा कार्यान्वयनमा प्रहरीले सक्रियाता बढाएको छ । हिजो एकैदिन निषेधाज्ञा उल्लंघन गर्ने ३६ वटा सवारी साधन कारवाहीमा परेको हो ।

कोरोना संक्रमण तिव्र गतिमा बढ्न थाले पछि भदौ १ गते राती १२ बजेदेखी लागु हुने गरी ११ गते राती १२ बजे सम्म थप कडाईका साथ निषेधाज्ञा थप गर्ने कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले निर्णय गरेको हो ।

सो अवधी भर अत्यावश्यक बाहेकका सवारी साधनलाई निषेध गरिएता पनि निषेधाज्ञा उल्लघंन गरेर चलेका सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको डिएसपी प्रकाश दहालले जानकारी दिए ।

निषेधाज्ञाका बेलामा पनि यात्रु बोकेर हिड्ने ३ वटा बोलेरो जिपलाई बुधबार नियन्त्रणमा लिएर कारवाहीका लागी प्रशासन कार्यालयमा बुझाईएको डिएसपी दहालले बताए । प्रशासनले ति जिपलाई कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जनही ५ हजार रुपैयाँ जरिवाना गरेर छाडिएको जनाएको छ ।

त्यस्तै बुधबार नै २५ मोटर साईकल, ३ वटा ट्रक र १ वटा कार र ४ वटा बोलेरो जीपलाई पनि नियन्त्रणमा लिएर जरिबाना गरेर छाडीएको उनले बताए । निषेधाज्ञा अवधीभर जिल्लाको सिमा क्षेत्र तथा नाकामा सुरक्षा चेक जाँच कडाई गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार